स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – अभिनेत्री प्रियंका कार्कीको ध्यान पछिल्लो समय फिगर मेन्टेनमा गएको देखिन्छ । पछिल्लो समय उनले सामाजिक सञ्जालमा सेयर गरेका केही बिकिनी तस्बिरहरु यसका प्रमाण हुन् ।
प्रियंकाले आफ्नो फिगरलाई जिरो फिगरमा परिणत गरिसकेकी छिन् भन्दा फरक नपर्ला । किनभने उनको शरीर पहिले भन्दा दुब्लो भएको छ । उमेर ढल्किँदै गएका कारण पनि उनले फिगर मेन्टेनमा बढी ध्यान दिएको हुनसक्छ । शरीर मेन्टेन भएसँगै उनले आफूलाई बिकिनीमा प्रस्तुत गर्न थालेकी छिन् ।
प्रियंकाले सामाजिक सञ्जालमा यसरी बिकिनी तस्बिरहरु शेयर गरिरहँदा केहीले उनले अरुको ध्यान खिच्नका लागि यस्ता तस्बिरहरु शेयर गरेको टिप्पणी गरेका छन् । केहीले भने प्रियंकालाई सायद कुनै सिनेमामा बिकिनी बडी शो गर्न मन लागेको अड्कल पनि काटिरहेका छन् ।
हुन पनि प्रियंकाले कुनै सिनेमाकै लागि यो फिगर तयार पारेर शो गरेकी पनि हुन सक्छिन् ।
प्रियंका कार्की यस्ती अभिनेत्री हुन् जसले आफ्नो जीवनका हरेक पलहरुलाई सामाजिक सञ्जालमार्फत शेयर गर्न रुचउँछिन् । बिकिनीको प्रसंगमा पनि उनी अन्य अभिनेत्री भन्दा अघि नै देखिन्छिन् ।
अन्य अभिनेत्रीहरु प्राय यसरी बिकिनीमा प्रस्तुत हुँदैनन् । यदि स्विमिङ गर्दा भइहाले भने पनि यसरी तस्बिरहरु शेयर गरेको खासै थाहा पाइँदैन । तर प्रियंका भने बिन्दास छिन् । एकताका उनले हुनेवाला सासू रविना देशराज जोशीसँग शेयर गरेको बिकिनी फिगरले पनि खुबै चर्चा बटुल्यो ।
त्यस्तै केही समयअघि अमेरिकामा हुँदा उनले शेयर गरेका केही बिकिनी तस्बिरले पनि उनको चर्चा बढेको थियो । प्रियंकाको कामको चर्चा त एकातिर छँदै नै छ अर्कातिर बिकिनीले पनि उनको चर्चा बढाईदिएको छ ।
अभिनेता आयुष्मान देशराज जोशीसँग सम्बन्ध जोडिएपछि प्रियंका अझै बिन्दास र खुशी देखिँदै आएकी छिन् । उनी आयुष्मानलाई रोज्नु जीवनमा गरेको सबैभन्दा सही निर्णय भएको बताउँछिन् । सायद यही कारण हुनसक्छ प्रियंका यसरी बिन्दास भएर बिकिनीमा प्रस्तुत भइरहनुको पनि ।
-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।