खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

 जेठ ३, २०७९ मंगलबार ९:१२:११ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ ।

गठबन्धनकातर्फबाट अध्यक्षमा उठेका माओवादी केन्द्रका उदिमबहादुर राई र उपाध्यक्षमा उठेका कांग्रेसका रुपेश राई विजयी भएका हुन् ।

एमालेका उम्मेदवार कविता राईभन्दा ३८ मत बढी ल्याएर उदिमबहादुर अध्यक्षमा विजयी भएका हुन् । 

उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपाध्यक्षमा विजयी रुपेशले ३७६३ मत पाएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी एमालेका राजन बञ्जराले ३३१० मत पाएका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया