सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १७:१२:१२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीले आफ्नो जित कायमै राखेको छ । चौतारामा माओवादी केन्द्रका मेयरका उम्मेदवार कृष्ण प्रसाद सापकोटा विजयी हुनुभएकाे हाे ।

उहाँले ११ हजार ७२ मत ल्याउनुभयाे । उहाँका निकटतम प्रतिस्पर्धी इन्द्र नेपालले ६ हजार ७११ मत प्राप्त गर्नुभयाे ।

यस्तै उपाध्यक्षमा भने एकीकृत सााजवादीका सीता थापा विजयी हुनुभएकाे छ । उहाँले एमालेको बालकुमारी सापकोटालाई पराजित गर्दै ९ हजार ७२६ मत ल्याउनुभयाे । चौतारामा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया