वीरगञ्जमा गठबन्धनका सिहंकाे अग्रता कायमै

 जेठ ३, २०७९ मंगलबार २०:३९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले चार हजार ६ सय ५९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ । 

सिंहले आठ हजार चार सय ७५ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेका विजयकुमार सरावगीले तीन हजार आठ सय १६ मत प्राप्त गर्नुभएकाे छ । पछिल्लो मतगणनाअनुसार वीरगञ्ज महानगरपालिका १, ३१ र ३२ मा मतगणना सकिएको छ भने वडा नम्बर २, ३, ४, ५, २९ र ३० को मतगणना भइरहेकाे छ । 

मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक हप्ता लाग्नेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया