रुपन्देहीको कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार २२:४०:३६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - पालिका चुनाव अन्तर्गत कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित हुनुभएको छ । 

ढकालले ९ हजार ८५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका दिनानाथ आचार्यले ७ हजार ८ सय ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपाध्यक्षमा माओवादी केन्द्रकी मौसमी थापा मगर ९ हजार १ सय ९४ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी ओमकली रहाडीले ७ हजार ६ सय ९९ मत प्राप्त गर्नुभयो ।

यससँगै कञ्चन नगरपालिका रुपन्देहीमा नतिजा सार्वाजनिक गर्ने पहिलो पालिका बनेको छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया