राजेन्द्र लिङ्देनको गृहपालिका झापाको हल्दिबारीमा अध्यक्ष र उपाध्यक्षमा राप्रपा विजयी

 जेठ ४, २०७९ बुधबार ६:५५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित हुनुभएको हो । लिङ्देनले ६ हजार ८५६ मत प्राप्त गर्नुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याउनुभयो । उपाध्यक्षमा राप्रपा उम्मेदवार मैनालीले पाँच हजार ७८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवि गौतमले चार हजार १०६ मत ल्याउनुभयो ।

हल्दीबारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो । योसँगै राप्रपाले दुई वटा पालिका जितेको छ । काठमाण्डौको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपा उम्मेदवार रमेश नापित निर्वाचित हुनुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया