ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनका कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ७:२२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं – ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन विजयी हुनु भएको छ । 

विजयी लोप्चनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सञ्जेललाई ८सय ५६ मतले पछि पार्दै विजयी हुनु भएको हो । कांग्रेसका लोप्चनको ४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो भने एमालेका सञ्जेलले ४ हजार ५३ मत प्राप्त गर्नुभयो । 

यस्तै उपाध्यक्षमा भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का भक्तबहादुर दर्लामी मगर ४ हजार ६ सय ९२ मतसहित विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नमुना दोङको ३ हजार ७ सय मत छ । 

सात वटा वडा रहेको बाग्मतीमा पाँच वटा वडाको वडाध्यक्षमा कांग्रेस तथा एक, एक वटा वडामा एमाले र माओवादी केन्द्रले जितेको निर्वाचन अधिकृत नग्रेन्द्रकेशरी पोखरेलले जानकारी दिनु भयो ।
 

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया