चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा ३३ हजार ५७८ मत गणना सकिंदा पहिलो स्थानमा गठबन्धनकातर्फबाट एकिकृत समाजबादीका मेयर उम्मेदवार मिनाकुमारी लामा अगाडि हुनुहुन्छ । उहाँले १० हजार ४ सय १० मत प्राप्त गर्नु भएको छ ।
उहाँलाई पछ्याउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ९ हजार ९ सय २२ मत प्राप्त गर्नु भएको छ ।
हिजोसम्म फराकिलो मतान्तरबाट पछी परेका नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले मतअन्तरलाई साघुरो पार्दै लैजानु भएको छ । पौडेलले ९ हजार २५ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनकातर्फबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले १५ हजार ४ सय ५५ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले १० हजार ५ सय ८१ मत प्राप्त गर्नु भएको छ । यसैगरी राप्रपाका इन्दिरा न्यौपाने डल्लाकोटीले १ हजार ४ सय ४८ मत प्राप्त गर्नु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।