पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ र छोरी मरियम शरीफलाई रिहा गर्न अदालतको आदेश

 असोज ३, २०७५ बुधबार १८:३:५४ | एजेन्सी
unn.prixa.net

इस्लामावाद उच्च अदालतले पाकिस्तानकका पूर्व प्रधानमन्त्री नवाज शरीफ र उनका परिवारका दुई जनाको जेल सजाय खारेज गरिदिएको छ ।

भष्ट्राचारको मुद्दामा जेल चलान भएका पाकिस्तानी पूर्व प्रधानमन्त्री र उनका परिवारका सदस्यको जेल सजाय अदालतले खारेज गरिदिएको बीबीसीले जनाएको छ । गएको जुलाईमा लण्डनमा रहेको फ्ल्याटको स्रोत खुलाउन नसकेपछि शरीफसहित परिवारका अन्य दुई सदस्यलाई अदालतले जेल सजाय तोकेको थियो ।

नराज शरीफ, उनकी छोरी मरियम र ज्वार्इँलाई अदालतले भष्ट्राचारको मुद्दामा दोषी ठहर गरेको थियो । बुधबार इस्लामावादको उच्च अदालतले नवाज शरीफलाई लगाइएको भष्ट्राचारको मुद्दामा पाकिस्तानको भष्ट्राचार हेर्ने संस्था, ‘नेशनल एकाउन्टिबिलिटी ब्यूरो’ले आवश्यक प्रमाण नजुटाएको भन्दै शरीफलाई जेलमुक्त गर्न आदेश दिएको हो ।

नवाज शरीफलाई गएको जुलाईमा १० वर्ष जेल सजाय र १०.५ मिलियन डलर जरिवाना सुनाइएको थियो । त्यस्तै उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय र २.६ मिलियन डलर सजाय र ज्वाई सफदारलाई एक वर्ष कैद सजाय सुनाइएको थियो ।

उनलाई सार्वजनिक संस्थाहरु चलाउन प्रतिबन्ध गरिएको छ । त्यहाँको सर्वोच्च अदालतले गएको अप्रिलमा शरीफले संसदमा आफ्नो निजी सम्पत्ति सार्वजनिक गर्दा गलत तथ्य दिएको जनाएको थियो । 

शरीफ उनकी छोरी र ज्वाई प्रत्येकले जेलमुक्त हुनुभन्दा अघि पाकिस्तानी ५ लाख रुपैयाँ बुझाउनुपर्ने छ । नेशनल एकाउन्टिबिलिटी ब्युरोले इस्लामावाद उच्च अदालतको फैसलाबारे सर्वोच्च अदालतमा अपील गर्ने जनाएको छ ।

अन्य दुई भष्ट्राचारका मुद्दा समेत उनीहरुलाई लागेको छ । त्यसको सुनुवाई हुन बाँकी रहेको छ ।

पाकिस्तानी पूर्वप्रधानमन्त्री शरीफकी धर्मपत्नी कुलसुम नवाजको एक हप्ताअघि मात्रै उपचारका क्रममा लण्डनमा निधन भएको थियो । कुलसुमको अन्त्येष्टिमा सहभागी हुन शरीफलाई एक दिनका लागि जमानतमा रिहा गरिएको थियो । 

याे पनि पढ्नुहाेस्

पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफले जेलमै केक काटेर छोरीज्वाईँसँगै मनाए स्वतन्त्रता दिवस

दिवंगत पत्नीको अन्त्येष्टिका लागि पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफ रिहा

पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ र छोरी विमानस्थलबाटै पक्राउ

 

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया