नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका नवनिर्वाचित वडाध्यक्ष ध्रुवविक्रम राईले 'मेरो एक दिन गाउँलाई' कार्यक्रम अघि सार्नुभएको छ ।
आज सोमवार पदभार ग्रहण गर्दै नवनिर्वाचित वडाध्यक्ष राईले हरेक महिना एक दिन गाउँका लागि योगदान दिने गरी 'मेरो एक दिन गाउँलाई' कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव अघि सार्नुभएको हो ।
हरेक टोलमा टोल विकास समिति गठन गर्ने र त्यो समितिमार्फत महिनामा एक दिन वडाको विकास निर्माण, मर्मत, सरसफाइ, वृक्षारोपणलगायतका सामाजिक काममा श्रमदान गर्ने÷गराउने परिकल्पना गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
नवनिर्वाचत वडाध्यक्ष राईले ‘हामीले देखेको वडा र सोल्माको समृद्धि’ कार्यक्रम गर्ने, वडाको नाममा रहेको गाडीलाई मानव तथा पशु स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने योजना अघि सार्नुभएको छ । यस्तै वडाको शैक्षिक क्षेत्रलाई व्यावहारिक शिक्षाको रूपमा रूपान्तरण गर्दै सोल्मालाई शैक्षिक हबको रूपमा विकास गर्ने, सोल्मा बसपार्कलाई तत्काल सञ्चालने कार्यक्रम पनि उहाँका योजनामा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।