यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने प्रक्रिया अघि बढिसक्याे : मन्त्री रेग्मी

 जेठ ११, २०७९ बुधबार १६:५८:३५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभएको छ । 

समृद्धि फाउन्डेशन नेपालले आज बुधवार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उहाँले म्याद खारेजीका लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताउनुभयो । मन्त्री रेग्मीले संशोधित कानुनले यौनजन्य अपराधीलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्ने र पीडितले तत्काल न्याय पाउने विश्वास व्यक्त गर्नुभयो । 

ध्यानाकर्षण पत्रमा महिलामाथि हुने यौनजन्य हिंसाको उजुरीका लागि तत्काल हदम्याद हटाउनुपर्ने, उजुरीपछि पीडितले तत्काल न्याय पाउनुपर्ने, कानुनलाई थप बलियाे बनाउनका लागि तत्काल संशोधन गरी कार्यान्वयनको चरणमा जानुपर्नेजस्ता विषय उल्लेख छन् । 

अहिले यौनजन्य हिंसा र अपराधका घटना भएको एक वर्षपछि उजुरी दर्ता नहुने कानुनी व्यवस्था रहेको छ । यो व्यवस्थाले पीडितहरू झनै पीडित बनेको भन्दै हदम्याद हटाउन चौतर्फी माग भइरहेको छ । फाउन्डेशनकी अध्यक्ष सङ्गीता श्रेष्ठले नाबालिका, किशोरी तथा महिलाले भयरहित वातावरणमा स्वतन्त्र एवम् सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गर्नुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया