रुस–युक्रेन युद्धका कारण हङ्गेरीमा सङ्कटकाल घोषणा

 जेठ १२, २०७९ बिहिबार ६:५४:९ | एजेन्सी
unn.prixa.net

रुस र युक्रेनबीचको द्वन्द्वले असर पारेको भन्दै हङ्गेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले सङ्कटकाल घोषणा गर्नुभएको हो ।

उहाँले रुस र युक्रेनबीच युद्ध निरन्तर चलिरहेकाले त्यसको असर बढ्दै गएको र सङ्कटकाल घोषणा गर्नुपरेको बताउनुभएको छ । नवनिर्वाचित प्रधानमन्त्री अर्वानले अस्ति मात्रै नयाँ सरकार गठन गर्नुभएको थियो । हिजोदेखि लागू भएको सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सङ्कटकाल कार्यान्वयनबाट मुख्य गरी आर्थिक सङ्कटसँगै बढ्दो अभाव र महङ्गी न्यूनीकरणका लागि सहयोग पुग्ने हङ्गेरी सरकारले जनाएको छ ।     
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया