रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आक्रमण तीव्र बनायाे

 जेठ १२, २०७९ बिहीबार १९:५८:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – रुसले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आक्रमण तीव्र बनाएकाे छ । डोनबास क्षेत्रका ४० भन्दा बढी सहरमा आक्रमण गरिरहेको रुसले एक दर्जन अग्ला भवन ध्वस्त पारेको छ भने युक्रेनीलाई घेरा हालेर युद्ध गरिरहेको अधिकारीले बताएका छन् । 

तीन महिना लामो युद्धमा राजधानी किएभ र दोस्रो सहर खार्किभ कब्जा गर्न असफल भएपछि रुसले पृथकतावादीको तर्फबाट डोनबासको पूर्ण नियन्त्रण खोस्ने प्रयास गरिरहेको छ । डोनबासका औद्योगिक क्षेत्र लुहान्स्क र डोनेट्स्क प्रान्त यस क्षेत्रमा पर्छन् । 

रुसले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयासमा तीन तर्फबाट आक्रमण गर्दै हजारौँ सेना परिचालन गरेको छ । युक्रेनी आन्तरिक मन्त्रालयका सल्लाहकार भाडिम डेनिसेन्कोले अब सबै कुरा डोनबासमा केन्द्रित भएको र २५ वटा रुसी बटालियन रणनीतिक समूहले युक्रेनी सेनालाई घेरा हाल्ने प्रयास गर्दा अवस्था निकै तनावपूर्ण भएको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया