एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडाैं - चलचित्र ‘पञ्चायत’अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि छनोट भएको छ ।
एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले हरेक वर्ष अस्कर अवार्डको आयोजना गर्दै आएको छ । अवार्डमा सहभागी हुनका लागि भने ‘तान्द्रो, पञ्चायत र माइलभ’ दर्ता भएका थिए । तर ‘तान्द्रो र माइ लभलाई पछि पार्दै चलचित्र पञ्चायत छनोट भएको हो ।
छनोटमा परेका तीनै चलचित्रहरुको एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरु रहेका थिए । तर प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावानात्मक विश्लेषण लगायतका आधारमा भने शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’ लाई छनोट गरिएको हो ।
अस्कर अर्वाडमा विदेशीभाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धा हुने गर्दछ । नेपाली चलचित्र ‘पञ्चायत’ ५० वर्ष पुरानो कथामा निर्माण भएको चलचित्र हो ।
अस्कर अवार्डका निम्ति नेपालबाट चलचित्र छनोट गर्न समिति नै गठन गरिएको छ । छनोट समितिमा संयोजक विमल पौडेल रहेका छन् भने सदस्यहरुमा राजेन्द्र शलभ, सामिप्यराज तिमिल्सिना, चिरञ्जीवी गुरागार्इं ,लक्ष्मीनाथशर्मा, लोकेन्द्र पराजुली र प्रदिपकुमार उपाध्याय रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।