मङ्कीपक्स २० देशमा फैलियो : उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

 जेठ १४, २०७९ शनिबार १५:४८:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ । २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएको छ ।

थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ । मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । यस भाइरसका कारण मानिसको ज्यान नै जाने समस्या नभए पनि छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन डाक्टरहरुको अनुरोध छ ।

डब्लूएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका देशहरूमा थप फैलिन नदिने र नदेखिएका देशहरुमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । 
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया