नाइजेरियाको एक चर्चमा भागदौड : कम्तीमा ३१ जनाको ज्यान गयो

 जेठ १५, २०७९ आइतबार ६:३७:८ | एजेन्सी
unn.prixa.net

नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।

दक्षिणी रिभर राज्यको पोर्ट हार्कोर्ट सहरमा एक धार्मिक कार्यक्रमपछि खाना खाने समयमा एक्कासी भागदौड भएको थियो । त्यहाँको प्रहरीले कम्तीमा ३१ जनाको ज्यान गएको पुष्टि गरेको छ भने अरु केही घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ ।

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अफ्रिकी देश नाइजेरियामा  समुदाय–समुदायबीच बेलाबेला आपसी द्वन्द्वका घटना हुँदै आएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया