गणतन्त्र दिवसमा काठमाण्डौ टुँडीखेलमा विशेष कार्यक्रम (फाेटाे फिचर)

 जेठ १५, २०७९ आइतबार ११:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गणतन्त्र दिवसका अवसरमा काठमाण्डौ टुँडीखेलमा विशेष कार्यक्रम भएको छ । हरेक वर्ष जस्तो यस वर्ष पनि दिवसका अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिका प्रतीक परेवा पनि उडाइएको छ ।

यस्तै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रियभावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका छन् । विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनासहित संवैधानिक निकायका पदाधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

२०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते दिवस मनाउने गरिन्छ ।

तस्बिर : रासस

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया