सम्पर्कविहीन जहाज खोज्न गएको फिस्टेल एअरको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

 जेठ १५, २०७९ आइतबार १३:३२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सम्पर्कविहीन जहाज खोज्न गएको फिस्टेल एअरको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ । हेलिकप्टर जोमसोम नै फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

काठमाण्डौ, पोखरा र जोमसोम विमानस्थलमा खोजी तथा उद्धारका लागि हेलिकप्टरहरु तयारी अवस्थामा राखिएकाे प्राधिकरणले जनाएको छ । 

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएकाे हाे । 

जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य रहेका छन् । तीमध्ये १६ नेपाली र ६ जना विदेशी नागरिक रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया