ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभयो ।
यस लगत्तै मेयर साहले उपमेयरमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराउनुभएको थियो । उपमेयर डङ्गोलले नेपाल भाषामा शपथ लिनुभएको थियो। मेयर साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको ब्यहाेरा पढ्नुभएको थियो ।
शपथ ग्रहण समारोहमा मेयरमा निर्वाचित साह दौरा सुरुवाल, कोट र भादगाउँले टोपी तथा उपमेयर डङ्गोलले हातले बुनेको ढाकाको साडी, चोलोका साथ सहभागी हुनुभएको थियो । समारोहमा नवनिर्वाचित १ सय ६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको थियो ।
मेयर साह र उपमेयर डङ्गोलले आजै पदबहाली गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गर्नुभयो । गएकाे वैशाख ३० गते सम्पन्न चुनावबाट मेयरमा स्वतन्त्र उम्मेदवार साह र उपमेयरमा नेकपा (एमाले) की सुनिता डङ्गोल निर्वाचित हुनुभएको थियो । गएकाे वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो ।
महानगरको अन्तिम मतपरिणाम गएकाे शुक्रवार मात्रै सार्वजनिक भएको थियो । वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।
तीन लाख २ सय ४२ मतदाता रहेको काठमाण्डाै महानगरमा करिब १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो । ७ हजार ६ सय ८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।