पाल्पा : काेराेना बीमा दाबीकाे भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी

 जेठ १६, २०७९ सोमबार १६:५९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पाका कोरोना सङ्क्रमितहरूले बीमा दाबीकाे भुक्तानी नपाएमा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् । बीमा गरेको संस्था सगरमाथा इन्स्योरेन्सले बीमापातको भुक्तानी नदिएको भन्दै पाल्पा कोरोना सङ्क्रमितहरूले आन्दोलन गरेका हुन् । 

अबको दश दिनभित्र बीमा रकम दिने निर्णय नगरेका कार्यालयमा ताला लगाइने बीमित नारायण न्यौपानले बताउनुभयो । बीमितले प्रिमियम तिरेपछि सम्झौताअनुसारको रकम पाउनुपर्ने भए पनि अहिलेसम्म नपाएको अर्का बीमित राजेश आचार्यले बताउनुभयो । 

सगरमाथा इन्स्योरेन्स पाल्पाले एक हजार दुई सय २० जनाको बीमा गरेकोमा ६ सय जनाले बीमा भुक्तानीको दाबी गरेका छन् । यसमा एक सय २३ जनाले भुक्तानी पाएका छन् । भुक्तानी नपाएकाहरूले दश दिनको समय दिएका हुन् । 

सरकारले जिम्मेवारी नलिँदा बीमा रकम भुक्तानी गर्न नसकिएको सगरमाथा इन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख करुणा काफ्लेको भनाइ छ । 

बाँकी रहेकाहरूको बीमा रकम भुक्तानी नगरे चरणबद्ध रूपमा आन्दोलन गर्ने बीमित झपेन्द्र गहिरेले बताउनुभयो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया