खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोशी फोक्सिङटारको बेलिब्रिज झिकियो : यातायात प्रभावित

 जेठ १७, २०७९ मंगलबार ७:३८:२३ | दमन राई
unn.prixa.net

फाइल तस्बिर

खाेटाङ – खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोशी फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी फोक्सिङटारमा गएको पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बर्खा लागेसँगै झिकिएको हो ।

गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले बताउनुभयो । दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत पर्ने फोक्सिङटारमा ‘आर्क’ डिजाइनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ । ५० मिटर लम्बाई भएको यो बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया