अफ्रिकी देश चाडमा सुन खानीमा कार्यरत कामदारबीच झडप, कम्तीमा १ सय जनाको ज्यान गयो

 जेठ १७, २०७९ मंगलबार १४:४२:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अफ्रिकी देश चाडमा रहेको एउटा सुन खानीमा कार्यरत कामदारबीच झडप हुँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ ।

लिबियाको सिमाना नजिक रहेको कोरी बोगौदीमा रहेको सुनखानीमा कार्यरत कामदारबीचको विवाद बढेर झडपकाे रूप लिँदा कम्तीमा एक सय जनाको ज्यान गएको र ४० जना घाइते भएका बीबीसीले जनाएको छ । मौरिटानियन र लिबियालीहरूबीच भएको झडपको कारणबारे अनुसन्धान भइरहेको चाडका रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले बताउनुभएको छ ।

त्यस क्षेत्रमा सुनको खोजी गर्ने चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच पटक–पटक तनाव र झडप हुने गरेको छ । चाडको रक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि कोरीमा रहेका सबै सुन खानीमा उत्खननको कार्य स्थगित गरेको छ । कोरी क्षेत्रमा सञ्चालनमा रहेका धेरैजसो सुनखानी अवैधरूपमा सञ्चालित रहेका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया