श्रीलङ्काले इन्धन आयात गर्न भारतसँग माग्याे ५० कराेड अमेरिकी डलर

 जेठ १७, २०७९ मंगलबार १८:१९:५८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, एजेन्सी

देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । त्यो रकम प्राप्त गर्न श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ ।

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गएको हप्ता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गर्नुभएको थियो । यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलङ्काली उच्चायुक्तले वार्ता गर्नुभएको हो ।

श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछिको सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । आर्थिक मन्दीले पिरोलिएको टापु राष्ट्र कोभिड–१९ महामारीका कारण थप प्रभावित भयो भने महामारीको समयमा पर्यटन उद्योग सञ्चालन नहुँदा विदेशी मुद्राको सञ्चिति सकिएसँगै ऋण सहायताका निम्ति छिमेकी भारतलाई गुहार्नु परेको हो । 

विदेशी मुद्राको अभावमा देशलाई पर्याप्त इन्धन किन्न असमर्थ मात्र बनाएन सर्वसाधारणलाई खाना पकाउने ग्यास, खाद्यान्न र अन्य आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परेको छ । आधारभूत आवश्यकता पूरा हुन नसक्दा धेरैजसो श्रीलङ्कालीको जीवन कष्टकर बनेको छ ।

भारतले अत्यावश्यक सामग्री आयातका लागि अर्को एक अर्ब अमेरिकी डलरको ऋण प्रस्ताव गरेको तथा त्यसमध्ये २० करोड डलर इन्धन आयातमा खर्च हुनेछ । यो टापु राष्ट्रले डिजल र पेट्रोलका अहिलेसम्म ७० करोड अमेरिकी डलर खर्च गरिसकेको छ । यो रकम पनि भारतबाट ऋणस्वरुप प्राप्त भएको थियो । 

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आफ्नो देशमा भइरहेको आर्थिक सङ्कटको बीचमा भारतले गरेको सहयोगको प्रशंसा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने इच्छा व्यक्त गर्नुभएको छ । ‘यो कठिन समयमा भारतले गरेको सहयोगका लागि आभार व्यक्त गर्दछु । म हाम्रा राष्ट्रहरूबीचको सम्बन्धलाई अझ सुदृढ गर्न तत्पर छु’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया