रुसले युक्रेनकाे २० प्रतिशत भू–भाग कब्जा गरिसक्याे : राष्ट्रपति जेलेन्स्की

 जेठ १९, २०७९ बिहीबार १९:२७:४५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, तस्बिर : एजेन्सी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशको २० प्रतिशत क्षेत्रफल कब्जा गरेको बताउनुभएको छ । 

लक्जमबर्गको संसदलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसले युक्रेनको २० प्रतिशत भाग अर्थात् लक्जमबर्ग र नेदरल्यान्डकाे संयुक्त क्षेत्रफलभन्दा धेरै भूमि कब्जा गरेको बताउनुभएको बीबीसीले जनाएको छ । 

युक्रेनको ६ लाख तीन हजार वर्ग किलोमिटर क्षेत्रमध्ये एक लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र रुसले कब्जा गरेको छ । यसमध्ये क्रिमिया र पूर्वी युक्रेनका केही भाग रहेका छन् । युक्रेनको सात प्रतिशत भूमिमा रहेको क्रिमियालाई रुसले सन् २०१४ मै कब्जा गरेको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिले एक हजार किलोमिटर लामो सीमा क्षेत्रमा खटिएर सेनाले देशको रक्षा गरिरहेको पनि बताउनुभएको छ । 

गएको फेब्रुअरी २४ तारिखमा रुसले आक्रमण सुरु गरेयता एक करोड २० लाख जना युक्रेनीले आफ्नो घर छाडेको जेलेन्स्कीले बताउनुभयो । उहाँले ३० हजार जना रुसी सेना मारिएको पनि दाबी गर्नुभएको छ । तर रुसले भने आफ्ना १३ सय जना सैनिक मात्रै मारिएको दाबी गर्दै आएको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया