काठमाण्डौको फोहर व्यवस्थापनमा महानगरसँग सहकार्य गर्न सधैँ तयार छु : मन्त्री झाँक्री

 जेठ १९, २०७९ बिहिबार २०:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले फोहर व्यवस्थापन गरिने बताउनुभएको छ । काठमाण्डौ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उहाँले बन्चरेडाँडामा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताउनुभएको हो ।

आज बुधवार काठमाण्डौ महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले काठमाण्डौको फोहर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैँ तयार रहेको समेत बताउनुभयो ।

उहाँले काठमाण्डौ महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य आवश्यक रहेको बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले बन्चरेडाँडामा ल्यान्डफिल्ड साइटमा फोहर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

यस्तै उहाँले काठमाण्डौको फोहर बन्चरेडाँडामा तत्काल कसरी विसर्जन गर्ने भन्ने विषयमा स्थानीयवासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका आयोजना प्रमुख रबीन्द्र बोहराले बन्चरेडाँडामा तत्काल फोहर व्यवस्थापन गर्न सकिने गरी काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले बन्चरेडाँडाको दीर्घकालीन र वैज्ञानिक फोहर व्यवस्थापनका लागि घरघरमै फोहर वर्गीकरण गरेर सङ्कलन गर्न आवश्यक रहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया