क्रोएसियाले सन् २०२३ देखि युरो मुद्रा प्रचलनमा ल्याउने

 जेठ २०, २०७९ शुक्रबार ६:४७:१६ | एजेन्सी
unn.prixa.net

क्रोएसियामा सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा आउने भएको छ ।

युरो प्रचलनमा ल्याउनका लागि क्रोएसियाले आवश्यक सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेको युरोपेली आयोगले जनाएको छ ।

आयोगले सन् २०२३ को जनवरीदेखि क्रोएसियामा औपचारिक रूपमा युरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । युरोपमा राष्ट्रिय मुद्राको रुपमा युरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्नेछ ।

युरो प्रचलनमा ल्याउन माग गर्दै प्रक्रिया सुरु गरेका बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्यान्ड, रोमानिया र स्वीडेनले मापदण्ड पूरा गर्न बाँकी रहेको पनि युरोपेली आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युरो अवलम्बन गरेपछि क्रोएसियाको अर्थतन्त्र थप बलियो र व्यवस्थित तथा आम नागरिक र व्यवसायीलाई पनि फाइदा पुग्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया