युद्धमा ‘कोही विजेता हुँदैन’ : संयुक्त राष्ट्र सङ्घ

 जेठ २०, २०७९ शुक्रबार १६:४:२७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

संयुक्त राष्ट्र सङ्घले युक्रेनमा रुसको आक्रमणबाट कुनै विजय नहुने बताएको छ । रुस–युक्रेन युद्धको सयौँ दिनमा प्रवेश गरेको सन्दर्भमा संयुक्त  राष्ट्र सङ्घको यो टिप्पणी सार्वजनिक भएको हो । जारी युद्धमा मस्कोको सेनाले पूर्वी डोनबास क्षेत्रमा दबाब दिइरहेको छ।

‘यस युद्धको कुनै विजेता छैन र हुनेछैन । बरु, हामीले १०० दिनसम्म के–के गुमाएको देख्यौँ । जीवन, घर, रोजगारी र सम्भावनाहरू गुमायौँ’, अमिन अवाद, सहायक महासचिव र युक्रेनका लागि संयुक्त राष्ट्र सङ्घ सङ्कट संयोजकले विज्ञप्तिमार्फत यस्तो टिप्पणी गर्नुभएको छ ।

युद्धका कारण चार करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार झन्डै डेढ करोड युक्रेनी घर छाड्न बाध्य भएकोमा ६८ लाखले देश नै छाडेर विस्थापित भएका छन् । भौतिक संरचना पनि ध्वस्त भएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ । उहाँका अनुसार यो भू–भाग बेल्जियम, लक्जम्बर्ग र नेदरल्यान्ड्सकाे क्षेत्रफलभन्दा धेरै हो । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया