व्यापारीको कब्जामा काठमाण्डौका फुटपाथ, बटुवालाई सास्ती (फोटोफिचर)

 जेठ २१, २०७९ शनिबार ११:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकाका प्राय: सबै फुटपाथ विशेष त बिहान र बेलुका अस्तव्यस्त देखिन्छन् । 

अझै बेलुकाकाे समयमा बढ्दो गाडीकाे चाप, यात्रुको भीड अनि फुटपाथ पसलका कारण काठमाण्डाैका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् । याे समयमा फुटपाथमा जाम नै हुनेगर्छ । 

फुटपाथ बजारका कारण सार्वजनिक यातायात पार्किङमा राख्न र रोक्न समेत कठिन हुने गरेको गाडी चालकहरु बताउँछन् । दैनिक दुई तीन घण्टा मात्रै फुटपाथ खुला हुँदा आम्दानी घटेको भन्दै धेरै पलायन भएका समाचार बेला बेला आइनै रहन्छन् । 

प्रायः बेलुकाको समयमा फुटपाथ अस्तव्यस्त हुन्छ । त्यहीमाथि सडकमै मोटरसाइकल पार्किङमा राखिएकाे हुन्छ । कतिपय ठाउँमा पार्किङ गरिएको मोटरसाइकलमाथि नै सामान राखेर व्यापार गरिरहेको दृश्य समेत देखिन्छ । 

काठमाण्डौको कलङ्की, असन, इन्द्रचोक, लगनखेल, कोटेश्वर, भक्तपुरका गल्लीमा असङ्ख्य व्यापारी सडक व्यापारमा आश्रित छन् ।

 

तस्बिर : न्यूज एजेन्सी नेपाल

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया