कोरोना महामारीपछि साउदी अरबद्वारा पहिलो पटक हजयात्रीको विदेशी टोलीलाई स्वागत

 जेठ २१, २०७९ शनिबार १८:१२:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे, तस्बिर : एजेन्सी

साउदी अरबले काेभिड–१९ (कोरोना भाइरस) काे महामारी सुरु भएपछि हज तीर्थयात्रीको पहिलो समूहलाई स्वागत गरेको छ । 

इन्डाेनेसियाबाट पुगेको समूह आज शनिवार मदीना सहरमा अवतरण भएको र उनीहरूलाई साउदी सरकारले स्वागत गरेको हज मन्त्रालयका मोहम्मद अल–बिजावीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । मलेसिया र भारतबाट हजका लागि तीर्थयात्री आउने क्रममा रहेका उहाँले बताउनुभयो । 

बितेका दुई वर्ष महामारीका कारण तीर्थयात्रीलाई प्रतिबन्ध लगाएकोमा यो वर्ष खुला गरिएकाे हो । दुई वर्षे प्रतिबन्धपछि बाहिरी देशबाट आएका पाहुनाहरूको व्यवस्थापनका लागि पूर्ण तयारीमा रहेको साउदी सरकारले जनाएको छ ।

हजलाई इस्लामका पाँच खम्बामध्ये एक मानिन्छ । मुसलमानहरू सम्भव भएसम्म आफ्नो जीवनमा कम्तीमा एक पटक हज जाने चलन छ । विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमध्ये एक हज यात्रामा सन् २०१९ मा झन्डै २५ लाख जनाले भाग लिएका थिए । साउदी अरबले यो बर्षको हजमा देशभित्र र बाहिरबाट १० लाख मुसलमानलाई भाग लिन अनुमति दिने घोषणा गरेका छ ।

हजमा इस्लामको सबैभन्दा पवित्र सहर मक्का र पश्चिमी साउदी अरबका आसपासका क्षेत्रहरूमा पाँच दिनभन्दा बढी धार्मिक संस्कारहरू सम्पन्न गरिन्छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया