फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

 जेठ २१, २०७९ शनिबार १८:२२:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

स्पेनका फुटबलर जेरार्ड पिके र कोलम्बियाकी गायिका शकिराले सम्बन्धविच्छेद गर्ने भएका छन् । बिहे गरेको झन्डै १२ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् २०११ मा बिहे गरेका उनीहरूका दुई जना छोराछोरी रहेका छन् । सम्बन्धविच्छेदपछि मिलेर छोराछोरीको अपनत्व लिने सहमति भएको खबरमा उल्लेख छ ।

‘हामी अलग हुँदैछौँ भनेर पुष्टि गर्दा हामी निकै पछुताइरहेका छौँ, तर हाम्रा बालबालिकाको कल्याणलाई उच्च प्राथमिकता दिएका छौँ, उनीहरूको गोपनीयतालाई सम्मान गर्न हामी सबै समक्ष अपिल गर्दछौँ’, उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् । 

४५ वर्षकी गायिका शकिरा र ३५ वर्षका बार्सिलोनाका डिफेन्डर पिकेबीच दुई वर्ष अघिदेखि नै सम्बन्धमा खटपट आएको खबरमा उल्लेख छ । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्व कप फुटबलदेखि उनीहरू नजिक भएका थिए । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया