गठबन्धनमा इमानदारिता नहुँदा जसपाले साेचेकाे जस्ताे नतिजा ल्याउन सकेन : भट्टराई

 जेठ २१, २०७९ शनिबार १९:४८:२२ | रासस
unn.prixa.net

फाइल फाेटाे

गोरखा – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा इमानदारिता नभएका कारण चुनावमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताउनुभएको छ । 

जिल्लाको चुनावी समीक्षा गर्न आज शनिवार गोरखा आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै चुनावमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताउनुभयो ।

‘विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो’, उहाँले भन्नुभयो, ‘जुन ढङ्गले गठबन्धन गरियो गठबन्धनमा पनि इमानदारिता भएन ।’ भट्टराईले गठबन्धनको धर्मअनुसार एक पटक निर्णय गरेपछि त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्नेमा त्यसो हुन नसक्दा समस्या आएको बताउनुभयो । 

गठबन्धनका दलको लोकतान्त्रिक मूल्य–मान्यता र नैतिक आचारण विपरीतको कार्यले गठबन्धन गरेर पनि पार्टीले अपेक्षित नतिजा ल्याउन नसकेको उहाँले आरोप लगाउनुभयो । उहाँले नेपालको संविधानले नै मिश्रित चुनाव प्रणालीको व्यवस्था गरेकाले देशमा चुनावी गठबन्धन अझै पनि आवश्यक रहेको भने स्पष्ट पार्नुभयो । 

‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक चुनाव प्रणालीमा जानुपर्छ भनेर हामीले भनिरहेका छौँ’, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले भन्नुभयो, ‘त्यो नभएसम्म अहिलेको चुनाव प्रणालीमा कुनै पनि दलको प्रष्ट बहुमत आउन नसक्ने हुँदा गठबन्धन गर्नु वा चुनावी तालमेल गर्नु आवश्यक छ ।’

उहाँले पटक्कै विचार नमिल्ने शक्तिबीच गठबन्धन भनेर अघि बढ्दा गतिहिनता र अस्तव्यस्तता आएकाले अब पुनर्विचार गर्नुपर्ने बेला आएको बताउनुभयो । 

जसपा कम्युनिष्ट शक्ति नभएको भन्दै उहाँले लोकतन्त्रमा आधारित समाजवादलाई विश्वास गर्ने शक्ति भएकाले लोकतन्त्र र समाजवादलाई सँगसँगै लैजानुुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताउनुभयो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया