रुसी कब्जामा पुगेको पूर्वी सहर सेभेरोडोनेत्स्क फिर्ता गर्न थालेको युक्रेनको दाबी

 जेठ २१, २०७९ शनिबार २०:२७:५३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनले रुसी सेनाको कब्जामा पुगेको पूर्वी सहर सेभेरोडोनेत्स्कको एउटा भाग फिर्ता गरेको दाबी गरेको छ । सहरको झन्डै ७० प्रतिशत भूभाग रुसी सेनाको कब्जामा गइसकेकोमा आफ्नाे देशकाे सेनाले सहरको ठूलो हिस्सा फिर्ता गरेको युक्रेनका क्षेत्रीय गभर्नर सर्गी हाइदाईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

सहरलाई कब्जा गर्ने रुसी सेनाको प्रयास र रोक्ने युक्रेनी सेनाको प्रयासका बीच अहिले सेभेरोडोनेत्स्कमा युक्रेनी सेना रुसी सेनामाथि दबाब कायम गर्दै पहिले गुमेको भाग फर्काउन सफल भएको हो ।

रुसी सेनाको मुख्य निसाना बनेको सो सहरमा केही हप्तादेखि निरन्तरको गोलाबारी भइरहेको छ । सहरमा अहिले पनि युद्ध चलिरहेको छ । सहरमा मानवीय अवस्था अत्यन्तै दयनीय बनेको गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

रुसको मुख्य निसानामा रहेको सेभेरोडोनेत्स्क पूरै फिर्ता गर्न अमेरिकाले दिएको नयाँ तोपाखाना निर्णायक हुने पनि गभर्नर हाइदाईले बताउनुभएको छ । 

यसैबीच युक्रेनमा युद्धपछिको पुनर्निर्माणको पहिलो चरण सुरु भएको छ । युक्रेनी प्रधानमन्त्री डेनिस श्म्याहलले देशले द्वन्द्वपछिको पुनर्निर्माणको पहिलो चरण सुरु गरेको जानकारी दिनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

युक्रेनले युद्धका कारण झन्डै सय पुल र २४ हजार किलोमिटर सडक ध्वस्त भएको बताएको छ । आक्रमणमा परेका सहरहरू खण्डहर बनेका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishnu Magar

    June 6, 2022, 1:55 p.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया