श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने

 जेठ २२, २०७९ आइतबार ९:२५:४३ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने भएको छ ।

राष्ट्रपति गोटाबाया राजापाक्षेले वृक्षारोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिनुभएको समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

श्रीलङ्काले केही महिनामा खाद्यान्नको चर्को अभाव सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गर्दै सरकारी अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

वृक्षारोपण कम्पनीहरूसँग ९ हजार हेक्टरभन्दा बढी खेती नगरिएको जमिन रहेको छ । श्रीलङ्काले सन् २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको छ ।

रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आउँदो कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रिपरिषद्ले जनाएको छ । विदेशी मुद्रा अभावका कारण सुरु भएको आर्थिक सङ्कटका कारण श्रीलङ्कामा इन्धन, खाद्यन्न, औषधि लगायतको अभावका कारण जनजीवन कष्टकर बनेको छ । 
 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया