भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
झन्डै साढे दुई सय वर्षमा पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर ५० प्रतिशतभन्दा धेरैले बढेको पाइएको छ ।
अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बनडाइअक्साइडको स्तर औद्योगिक क्रान्ति अघिको तुलनामा अहिले ५० प्रतिशतभन्दा भन्दा बढी भएको हो ।
विश्वमा १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म औद्याेगिक क्रान्ति भएको थियो । मे महिनामा मापन भएको तथ्याङ्क अनुसार पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च तहमा पुगेको पनि प्रतिवेदनमा भनिएको छ ।
सन् २०२१ मा ३६ दशमलव ३ अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन भएको थियो । संसारभरका पावर प्लान्ट, उद्योग, गाडी लगायतका कारण वायुमण्डलमा कार्बनडाइअक्साइड बढेको हो ।
कार्बनडाइअक्साइडको वृद्धीले जलवायु परिवर्तनको असर झनै बढिरहेको पाइएको पनि अमेरिकाको राष्ट्रिय महासागर र वायुमण्डल प्रशासनका प्रशासक रिक स्पिनराडले उल्लेख गर्नुभएको छ । प्रतिवेदनमा कार्बनडाइअक्साइडको मात्र घटाउन सबै देशहरुले तत्कालै गम्भीर कदम चाल्न आवश्यक रहेको सुझाव दिइएको छ ।
कार्बनडाइअक्साइडको वृद्धीबाट भएको जलवायु परिवर्तनले मानिससँगै पशुपक्षी तथा वनस्पतिहरुमा पनि असर पुगेको विज्ञहरुले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।