सङ्खुवासभामा भालुकाे आक्रमणबाट एक महिला घाइते

 जेठ २२, २०७९ आइतबार १६:२:५ | नवीन गुरुङ
unn.prixa.net

भालुकाे आक्रमणबाट हातमा लागेकाे चाेट

सङ्खुवासभा – सङ्खुवासभाको भोटखोला गाउँपालिका २ मा भालुकाे आक्रमणबाट एक महिला घाइते भएकी छिन् । भाेटेखाेलाकाे गुठीगुम्बाकी योङजुङ भोटे भालुको आक्रमणबाट घाइते हुनुभएकाे हाे । 

आज आइतवार बिहान गाउँ नजिकैको जङ्गलमा उहाँलाई भालुले आक्रमण गरेकाे हाे । हिजाे शनिवार बेलुकीदेखि हराएको गोरु खोज्न जङ्गल गएको बेला भोटेलाई भालुले आक्रमण गरेको हो ।

घाइते भोटेको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको भाेटखाेला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले बताउनुभयाे । अहिले उहाँकाे स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको अध्यक्ष भोटेकाे भनाइ छ ।

भालुको आक्रमणबाट भएको क्षतिपूर्तिका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको गाउँपालिका अध्यक्ष भोटेले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया