यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै, बाढीबारेको सूचना आजैदेखि सार्वजनिक

 जेठ २३, २०७९ सोमबार ७:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रि-मनसुनकै अवधिमा धेरै वर्षा भएको र मनसुनमा पनि सरदर भन्दा धेरै पानी पर्ने अनुमान गरिएकाले यसपालि बर्खामा बाढी पहिरोको जोखिम धेरै देखिएको छ । यसअघि परेको पानीले जमिन गलिसकेकाले अब सामान्य वर्षा हुँदा पनि बाढी पहिरोको जोखिम रहने मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

वर्षाका कारण केही पहाडी क्षेत्रका खहरे खोलामा अहिले नै बाढी आउन थालिसकेको छ । अब पानी लगातारजसो पर्ने सम्भावना रहेकाले बाढी पूर्वानुमान महाशाखाले आजैदेखि बाढीको सूचना दिने भएको छ ।

कुन क्षेत्रमा बाढी आउँछ भन्नेबारे आजैदेखि सूचना सार्वजनिक गरिने महाशाखाले जनाएको छ । बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन र खोला, नदी आसपासमा बसोबास गर्नेलाई सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया