दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी ब्रान्डन किङले गर्ने

 जेठ ७, २०८१ सोमबार १५:१६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि ब्रान्डन किङ वेस्ट इन्डिजको अन्तरिम कप्तान नियुक्त भएका छन् ।

नियमित कप्तान रोभम्यान पावेल उपलब्ध नभएपछि ब्रान्डन किङले दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी गर्ने भएका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट चलिरहँदा पावेलसहित वेस्ट इन्डिजका अन्य खेलाडी भारतमै छन् । रोभम्यान पावेल आईपीएल २०२४ मा राजस्थान रोयल्सबाट खेलिरहेका छन् ।

तीन खेलको टी–२० शृङ्खला आउँदो बिहीवारदेखि शुरु हुँदैछ । यस्तै दोस्रो खेल शनिवार र तेस्रो खेल आइतवार हुनेछ । तीन वटै खेल जमैकाको सबिना पार्कमा हुने तालिका छ । आउँदो जुन २ तारिखदेखि शुरु हुने टी–२० विश्वकप क्रिकेटको तयारीका लागि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ ।

वेस्ट इन्डिजको टोलीमा ब्रान्डन किङसहित रोस्टन चेज, एलिक अथान्जी, जोनसन चाल्र्स, आन्द्रे फ्लेचर, म्याथ्यु फोर्डे, जेसन होल्डर, अकेल होसेन, शामर जोसेफ, केल मेयर्स, ओबेड म्याककोए, गुदाकेश मोटी, रोमारियो शेपहर्ड र हेडन वाल्श छन् ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया