पहाड र तराईका केही ठाउँमा वर्षा

 जेठ ७, २०८१ सोमबार ७:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज पहाड र तराईका केही ठाउँमा वर्षा भइरहेको छ । कोशी प्रदेशका मध्यपहाडी र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ ।

काठमाण्डौ उपत्यकाको आकाशमा बिहानैदेखि कालो बादल लागेको छ । केही ठाउँमा हावाहुरी पनि चलेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागका थोरै ठाउँहरुमा तथा तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

कोशी, मधेश र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया