दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या केही घटे पनि जोखिम उस्तै

 जेठ २४, २०७९ मंगलबार ९:२८:१९ | एजेन्सी
unn.prixa.net

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण केही घट्दो क्रममा रहे पनि अझै हजारौँको सङ्ख्यामा दैनिक सङ्क्रमित भइरहेका छन् ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७२ जना सङ्क्रमित थपिएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो सँगै अहिलेसम्म दक्षिण कोरियामा १ करोड ८१ लाख ७४ हजार ८ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

दक्षिण कोरिया उच्च सङ्क्रमणको बिन्दु भन्दा केही तल झरेको छ ।  एक हप्ता अगाडिसम्म  दैनिक  १० हजारभन्दा धेरै सङ्क्रमित थपिने गरेका थिए । अहिले केही कम भएको भए पनि अझै उच्च जोखिम  रहेको  समाचार संस्था सिन्ह्रवाले जनाएको छ ।

कोरोना सङ्क्रमण बढेको भन्दै दक्षिण कोरियामा विभिन्न प्रतिबन्धात्मक  नियमहरु लागू गरिएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया