‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’ भन्दै विराेध प्रदर्शन

 जेठ २४, २०७९ मंगलबार १७:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यावहारिक बताउँदै राष्ट्रिय युवा सङ्घ नेपालले विरोध प्रदर्शन गरेको छ । 

राष्ट्रिय युवा सङ्घ नेपालले आज मङ्गलवार नयाँ बानेश्वरकाे यातायात व्यवस्था विभागमा  विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सरकारले गरेका निर्देशनको नाराबाजीसहित चर्को आलोचना गरिएको थियाे । 

प्रदर्शनलाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेलले यदि सरकारकाे सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै बेहोर्नुपर्ने बताउनुभयो । उहाँले इम्बोस्ड नम्बर प्लेटको नाममा सरकारले माफियाहरूलाई पोस्ने काम गरेको आराेप लगाउनुयभाे । 

इम्बोस्ड नम्बर प्लेट जडानमा अर्बाैँकाे स्वार्थ लुकेको भन्दै युवा सङ्घ अध्यक्ष पौडेलले भाेलि बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि लिखित उजुरी दिइने बताउनुभयो । 

विरोध प्रदर्शनमा ‘जनताको ढाड सेक्न पाइँदैन, महँगो प्लेट चाहिँदैन’, ‘ठेकेदारलाई दुई वर्ष थप, जनतालाई एक महिनाको अल्टिमेटम’ लेखिएको ब्यानरसमेत प्रदर्शन गरिएको थियो । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • lavarajshrestaha

    June 7, 2022, 10:16 p.m.

    अनिवार्य भए किन निवेदन छाप्ने ? वितरण गर्न चाही जति पैसा लिने, अनि गरिब नागरिकले तिरिहाल्छन , धन्दा मान्नु पर्दैन ...उद्देश्य पुरा भइहाल्छ /

  •  0 Reply
  • dharma

    June 7, 2022, 6:56 p.m.

    लाइसेन्स 1 बर्ष भन्दा बढी समय लगायर दिदा सरकार लाई कुनै जरिवाना छ इन

  •  0 Reply

तपाईको प्रतिक्रिया