सत्तारूढ दलका नेताले मुस्लिम धर्मगुरुबारे गरेको टिप्पणीले भारत समस्यामा

 जेठ २४, २०७९ मंगलबार १८:५०:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : नूपुर शर्मा/ट्विटर

सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रवक्तासहितका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदमाथि गरेको टिप्पणीलाई लिएर भारत सरकार र खाडी देशसँग कुटनीतिक विवाद बढेको छ ।  

भाजपाका नेताले मुस्लिम धर्मगुरु मोहम्मदमाथि अपमान गरेको भन्दै मध्यपूर्वमा विरोध भएपछि सत्तारूढ भारतीय जनता पार्टीले पार्टी प्रवक्ता नुपूर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, यूएई, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप्पणीलाई लिएर भारतविरुद्ध आधिकारिक विरोध जनाएका छन् । ती देशले टिप्पणीलाई अपमानजनक भनेका छन् । ती देशले पैगम्बर माेहम्मदको अपमानको निन्दा गर्दै भारत सरकारले माफी माग्नुपर्ने माग गरेका छन् । 

१० दिनअघि भारतको एउटा टेलिभिजन बहसमा शर्माले मुस्लिम पूजा र पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी गर्नुभएको ती देशले बताएका छन् । भाजपाका अर्का नेता जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेपछि विवाद बढेको छ । 

खाडी देशमा विरोध चर्किएपछि भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ट्वीट र टिप्पणीले भारत सरकारको विचारलाई प्रतिबिम्बित नगर्ने जनाएको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया