अमेरिकाको तल्लो सदनबाट बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित

 जेठ २६, २०७९ बिहिबार ९:१४:४१ | एजेन्सी
unn.prixa.net

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण सम्बन्धी विधेयक पारित गरेको छ ।

४ सय ३५ सदस्य रहेको तल्लो सदनमा २ सय २३ जनाले विधेयकको पक्षमा मतदान गरेका न्युयोर्क टाइम्सले जनाएको छ । यो विधेयकले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलाबारुद बिक्री निषेध गर्छ ।

टेक्सास र न्युयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ ।

माथिल्लो सदनबाट पारित हुने सम्भावना भने कम रहेको न्युयोर्क टाइम्सले जनाएको छ । माथिल्लो सदनबाट पारित नभए पनि  डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई चुनावी मुद्दा बनाउन सहज भएको छ ।

अमेरिकामा आउँदो नाेभेम्बरमा मध्यावधि चुनाव हुँदैछ। 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया