अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिए

 जेठ २६, २०७९ बिहीबार १४:२२:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अन्टार्कटिकाको ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएका छन् । जमेको हिउँमा यसअघि नै प्लास्टिकका टुक्रा भेटिएको तर ताजा हिउँमा पहिलो पटक प्लास्टिकका टुक्रा भेटिएको न्युजिल्यान्डका वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

न्युजिल्यान्डकाे क्यान्टरबरी विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्टार्कटिकाका १९ वटा विभिन्न ठाउँबाट सङ्कलन गरेको ताजा हिउँ पगाल्दा प्रतिलिटर २९ वटासम्म पलास्टिकका साना टुक्रा फेला पारेका छन् । केही टुक्रा चामलको दाना जत्रा र केही नाङ्गो आँखाले देख्न नसकिने खालका रहेका छन् । हिउँमा १३ प्रकारका प्लास्टिक पाइएको र सबैभन्दा धेरै ७९ प्रतिशत खानेपानीको बोत्तल र कपडामा प्रयोग हुने प्लास्टिक रहेको खबरमा उल्लेख छ । 

गएकाे वर्ष नेशनल एकेडेमी अफ साइन्सको एउटा अध्ययनले विश्वभर माइक्रोप्लास्टिक अर्थात् प्लास्टिकका साना टुक्रा संसारभर फैलिइरहेको देखाएको थियो । धुलो, हावा र समुद्री छालको माध्यमबाट प्लास्टिक फैलिइरहेको अध्ययनमा उल्लेख छ । 

वैज्ञानिकहरूले यसअघि सगरमाथा र समुद्रकाे गहिराइमा पनि माइक्रोप्लास्टिक फेला पारिसकेका छन् । यसले वातावरण संरक्षणमा ठूलो चुनौती थपेको वैज्ञानिकहरूले जनाएका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया