पूर्वी युक्रेनको एक अदालतद्वारा बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय

 जेठ २७, २०७९ शुक्रबार ८:६:१६ | एजेन्सी
unn.prixa.net

रुस समर्थित भनिएको पूर्वी युक्रेनको एक अदालतले बेलायतका दुई र मोरक्कोका एक नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ।

युक्रेनी फौजको पक्षबाट लडिरहेका बेला उनीहरू कब्जामा परेका थिए । उनीहरूले महिनादिनभित्र सजायबारे पुनरावेदन गर्न सक्ने बीबीसीले जनाएको छ । बेलायतले आफ्ना नागरिकलाई दिइएको मृत्युदण्डको सजायप्रति चासो देखाएको छ ।

युद्धबन्दीलाई राजनीतिक उद्देश्यका लागि दुरूपयोग गरिनुहुन्न भनेर आफूहरुले बारम्बार भनिरहेको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका एक प्रवक्ताले बताएका छन् । उनले जेनेभा महासन्धि अन्तर्गत युद्ध बन्दीलाई युद्धमा सहभागी भएकै कारण अभियोजन चलाउन नमिल्ने बताएका छन्।

यस्तै, बेलायती विदेशमन्त्री लीज ट्रसले अदालतको यो फैसलामा कुनै वैधानिकता नभएको र यो बनावटी निर्णय भएको बताउनु भएको छ। 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया