रुसको कब्जामा रहेको युक्रेनको मारिओपोल सहरमा हैजा प्रकाेपको जोखिम

 जेठ २८, २०७९ शनिबार ११:५६:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : द हिल

युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकाेपको जोखिम देखिएको छ । रुसी सेनाको आक्रमणबाट ध्वस्त बनेको मारिओपोल गएको मे महिनामा रुसले कब्जा गरेको थियो ।

संयुक्त राष्ट्र सङ्घका अनुसार यो सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका छन् भने पानीमा ढल मिसिएको छ । आक्रमणपछि ज्यान गुमाएकाहरूको शव जम्मा नगरिएको, फोहोर बढेको, पानी तथा खानाबाट हैजा प्रकाेपको जोखिम बढेको राष्ट्र सङ्घले जनाएकाे हो । हैजा दूषित खानेकुरा वा पानीबाट सर्ने गर्छ ।

शवहरू अझै भग्नावशेषमुनि रहेका र सडेको अवस्थामा रहेका छन् । मारिओपोलमा पहिला पनि हैजा, पखाला र अन्य सङ्क्रामक रोगहरू देखिएको थियो ।

सम्भावित प्रकोपबाट जोगिन सहर बन्द गरिएको रुसी सेनाले नियुक्त गरेका मेयर भादिम बोयचेन्कोले बताएका बीबीसीले जनाएको छ । त्यहाँ आफूहरूको पहुँच सीमित रहेको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया