अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान हटाएको छ ।
अन्तर्राष्ट्रिय उडानमा जानु एकदिन अघि यात्रीहरूले कोरोना सङ्क्रमण नभएको परीक्षण रिपोर्ट पेस गर्नुपर्ने प्रावधानलाई भोलिदेखि लागू हुने गरी हटाइएको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ । अमेरिकाले सरुवा रोग रोकथाम तथा नियन्त्रण निकायहरूको सुझावका आधारमा कोरोना नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने बाध्यता हटाएको हो ।
स्वास्थ्यमन्त्री जेभियर बेसेराले कोरोना विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको बताउनुभयो । कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था हटाए पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।
विमान कम्पनी तथा पर्यटन उद्योगहरूले परीक्षणको प्रावधान हटाउनुलाई आन्तरिक एवम् अन्तर्राष्ट्रिय यात्राका लागि ठूलो कदम भएको प्रतिक्रिया दिएका एपीले जनाएको छ ।