अमेरिकामा बन्दुक आक्रमणका घटनाविरुद्ध देशव्यापी प्रदर्शन

 जेठ २९, २०७९ आइतबार ९:९:२१ | एजेन्सी
unn.prixa.net

अमेरिकामा बन्दुक आक्रमणका घटना बढ्दै गएपछि प्रदर्शन भएको छ । व्यक्तिले बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न मागसहित देशव्यापी प्रदर्शन भएको हो ।

अन्धाधुन्ध हुने गोली प्रहारका घटनाबाट निर्दोष नागरिकले ज्यान गुमाउने घटना बढेपछि कडा कानुनको माग गरी दशौँ हजार मानिस सडकमा ओर्लिएका बीबीसीले जनाएको छ । उनीहरुले ‘म बन्दुकको आक्रमणबाट बच्न चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए । राष्ट्रपति जो बाइडेनले पनि उनीहरूको प्रदर्शनलाई समर्थन गर्नुभएको छ ।

राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धी कानुन संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गर्नुभएको छ । गएको मे २४ अर्थात् जेठ १० गते एउटा विद्यालयमा भएको आक्रमणमा १९ बालबालिकासहित २१ जनाको ज्यान गएको थियो ।

गएको वर्ष त्यस्ता २६ वटा घटना भएको विवरण रहेको छ । यसअघि सन् २०१८ फेब्रुअरीमा फ्लोरिडाको एउटा विद्यालयमा १७ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डमा बाँच्न सफल भएकाहरुले बन्दुक राख्न पाउने व्यवस्थामा कडाइको माग गरी प्रदर्शन गरेका थिए ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया