सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो

 जेठ २९, २०७९ आइतबार ११:३१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ  ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया