भारतमा धार्मिक प्रदर्शन चर्किँदै, उत्तर प्रदेशमा मुस्लिम नेताका घर भत्काइयो

 जेठ ३०, २०७९ सोमबार २०:४१:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको उत्तर प्रदेश राज्यमा प्रशासनले केही मुस्लिम नेताको घर भत्काइएको छ । धार्मिक प्रदर्शनले हिंसात्मक रूप लिएपछि त्यसमा सहभागी नेताहरूको तीन वटा घर प्रशासनले भत्काएको हो ।

मुख्यमन्त्री आदित्यनाथका सञ्चार सल्लाहकार मृत्युञ्जय कुमारले एउटा ट्वीट गरेर डोजरले भवन भत्काउँदै गरेको तस्बिर सार्वजनिक गर्नुभएको छ । भत्काइएकामध्ये दुई वटा घर शुक्रवारको प्रार्थनापछि ढुङ्गा प्रहारमा संलग्न भएको आरोप लागेका व्यक्तिको भएको बीबीसीले जनाएको छ । अर्को घर चाहिँ राजनीतिज्ञ जावेद अहमदको हो ।

भाजपाकी पूर्वप्रवक्ता नूपुर शर्मा र भाजपाकै दिल्ली सञ्चार एकाइका प्रमुख नवीन कुमार जिन्दलले पैगम्बर मोहम्मदबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । भाजपाले शर्मालाई निलम्बन र जिन्दललाई पार्टीबाट निष्कासन गरेर उनीहरूको भनाइमा पार्टीको धारणा नरहेको बताए पनि विरोध प्रदर्शन रोकिएको छैन । प्रदर्शनमा चलाइएको गोली लागेर झारखण्डमा दुई जनाको ज्यान गएको छ ।

प्रदर्शनका क्रममा उत्तर प्रदेशमा तीन सय जनाभन्दा धेरै पक्राउ परेका छन् । घर भत्काउने कदमको विपक्षी दलका नेताहरूले विरोध गरेका छन् । उनीहरूले मुख्यमन्त्री योगी आदित्यनाथ नेतृत्वको सरकारले अल्पसङ्ख्यक मुस्लिम समुदायलाई तारो बनाएको आरोप लगाएका छन् । घर भत्काउने कार्यमा संलग्न प्रयागराज विकास प्राधिकरणका अधिकारीले भने ती घरहरू गैरकानुनी भएकोले मे महिनामै कार्यालयमा हाजिर हुन सूचना जारी गरिएको बताएका छन् । तर पीडितहरूले भने शुक्रवारको प्रदर्शनपछि शनिवार मात्रै एकाएक घरमा सूचना टाँसिएको बताएका बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया