बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयमा रद्द

 असार १, २०७९ बुधबार ९:४७:५५ | एजेन्सी
unn.prixa.net

बेलायतबाट शरणार्थीलाई रुवान्डा पठाउन लागिएको उडान अन्तिम समयमा रद्द गरिएको छ ।

युरोपेली मानव अधिकार अदालतको हस्तक्षेपपछि बेलायतको समय अनुसार रातको साढे १० बजे हुन लागेको उडान रोकिएको हो ।

यो उडानबाट ७ जनालाई अफ्रिकी देशमा फिर्ता पठाउने अपेक्षा गरिएको थियो । तर अदालतको हस्तक्षेपपछि उडान रोकिएको बीबीसीले जनाएको छ ।

बेलायतका गृहमन्त्री प्रीति पटेलले अदालतको निर्णयका कारण आफू निराश भए पनि विचलित नभएको र अब अर्को उडानको तयारी सुरु हुने बताउनुभएको छ । उहाँले आफ्नो देशको अदालतमा पटक पटक सफलता हासिल गरे पनि युरोपेली अदालतले हस्तक्षेप गरेको टिप्पणी गर्नुभयो ।

युरोपेली मानव अधिकार अदालतले मानव अधिकार कानुनको दायराको निरीक्षण गर्ने गर्छ । यो युरोपेली सङ्घभन्दा भिन्न रहेको संस्था हो । उडान रद्द गर्ने निर्णयलाई कतिपय भने स्वागत गरेका छन् ।
 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया